शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले नव आगन्तुक शिशुको स्वागत कार्यक्रम सुरु गरेको छ।
आज आयोजित कार्यक्रममा वडाभित्र जन्मिएका नवजात शिशुको स्वागत गर्दै सुत्केरी आमालाई पोशण पोका प्रदान गर्ने कार्यको औपचारिक शुभारम्भ गरिएको वडा अध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण)ले जानकारी दिए ।
वडा अध्यक्ष न्यौपानेका अनुसार नवजात शिशुको जन्मदर्ता समयमै गराउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको हो। यस अन्तर्गत शिशु जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराउन प्रोत्साहन स्वरूप सुत्केरी आमालाई आवश्यक सामग्री प्रदान गरिनेछ। वडाले सुरु गरेको यो कार्यक्रमले जन्मदर्ता दर वृद्धि गर्नुका साथै सुत्केरी आमा र नवजात शिशुको सम्मान र हौसला अभिवृद्धि गर्ने विश्वास लिइएको छ।


18 पटक हेरिएको 







