वडा नं. ९ मा पनि सामुदायिक कुकुर बन्ध्याकरण रेबिज विरुद्धको खोप कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ मा सामुदायिक कुकुर बन्ध्याकरण रेबिज विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ ।
मङलबार पथरी शनिश्चरे नगरपालिका पशु तथा मत्स्य शाखाको आयोजनामा सो खोप कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष विरबहादुर राई, वडा सदस्यहरु र वडावासीको उपस्थिति रहेको थियो ।
वडा कार्यालयमा गरिएको खोप कार्यक्रमको प्राविधिक सहयोग मानव पशु तथा बाली संरक्षणका लागि युवा चितवनले गरेको हो । वडाको सबै टोलबाट जम्मा गरी ४१ वटा सामुदायिक कुकुरको बन्यध्याकरण गरिएको नगरका पशु चिकित्सक डा. आशिष देवले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार