पथरी । ‘उद्यमशिलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने मूल नाराका साथ नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको थियो । नगरको आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका राजश्व शाखा प्रमुख ताराप्रसाद ढकालले ‘संविधान, संघीय र प्रादेशिक सहकारी कानुन तथा निर्देशनहरु’ शीर्षकमा आफ्नो प्रस्तुति राखेका छन् ।


11 पटक हेरिएको 







