पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठकले उत्कृष्ट शिक्षक, प्रधानाध्यापक तथा विद्यालय छनौट कार्यविधि पास गरेको छ । स्थानीय बिषयको कक्षा ६ र ८ को पाठ्यपुस्तकको मस्यौदा पास, सिंचाइ मोटरका लागी निवेदन पेश गर्ने कृषकहरुको छनौट, अपाङ्गता भएका ब्यक्तिहरुको जिविकोपार्जन सुधार तथा आर्थिक सवलीकरण कार्यप्रक्रिया स्वीकृत, सामुदायिक विद्यालयको विद्यार्थी अनुपात अनुसार कक्षा घटुवा तथा मर्च गर्नुपर्ने अवस्थाको विषयमा अध्ययन गर्न संयोजक वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, सदस्यहरु वडा नं. ८ का वडाध्यक्ष नवीन कार्की, कार्यपालिका सदस्यहरु अन्जना दर्जी, मिनाकुमारी तामाङ र सदस्य सचिव शिक्षा शाखा प्रमुख नवीन खुलाल रहने गरी गठन गरिएको छ । यसैगरी पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा अवस्थित साकेला थानमा आयोजना हुने साकेला सिली पर्वलाई सहयोग गर्ने, पथरी शनिश्चरे नगरपालिकाको मागपत्र बमोजिम मालपोत तथा नापी कार्यालय संचालन गर्न अनुमति प्रदान गरेकोमा मन्त्रालयलाई धन्यवाद व्यक्त गरिएको छ । बैठकमा स्थानीय विषयको पाठ्य पुस्तकको मस्यौदामा व्यापक छलफल गरेको छ, अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जन सुधार तथा आर्थिक सबलीकरण कार्य प्रक्रिया सम्वन्धमा पनि छलफल भएको नगर प्रवक्ता नविन कार्कीले जानकारी दिए ।


6 पटक हेरिएको 












