`प्रेस्टिज ट्रेडर्स’ ले सेवा प्रारम्भ

पथरी । मोरङको पथरी बजारमा ‘प्रेस्टिज ट्रेडर्स’ बुधबारदेखि सेवा प्रारम्भ गरेको छ । ट्रेडसले होलसेल तथा खुद्रा पसल सञ्चालनमा ल्याएको हो ।
बिहान एक औपचारिक कार्यक्रमका बीच पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतले पसलको उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा पण्डित केवल कृष्ण अधिकारीले वैदिक मन्त्रोच्चारण गरी धार्मिक विधिपूर्वक पूजाआजा गराएका थिए । समारोहमा तीन कन्याहरूको उपस्थितिमा रिबन काटेर पसलको उद्घाटन गरिएको थियो । सञ्चालक बुद्धिनाथ अधिकारीका अनुसार यस ट्रेडर्सले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय सामानहरू उपलब्ध गराउने लक्ष्य राखेको छ । पसलमा विभिन्न प्रकारका घरायसी लगेज तथा व्यागहरू, स्तरीय कस्मेटिक्स सामानहरू तथा अन्य विविध घरायसी सामग्रीहरू उचित मूल्य र होलसेलमा उपलब्ध हुने बताईएको छ । “हामीले होलसेल तथा खुद्रा दुवै मूल्यमा गुणस्तरीय सामानहरू उपलब्ध गराउने गरी यो व्यवसाय सुरु गरेका हौँ। ” सञ्चालक अधिकारीले भने ।

नयाँ पसल सञ्चालनको अवसरमा ग्राहकहरूका लागि विशेष छुट अफर समेत सार्वजनिक गरिएको छ । सञ्चालक अधिकारीका अनुसार आगामी वैशाख ३० गतेसम्म पसलबाट सामान खरिद गर्दा ग्राहकहरूले विशेष सहुलियत प्राप्त गर्न सक्नेछन्। स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको उक्त उद्घाटन कार्यक्रमले पथरी बजारको व्यावसायिक चहलपहलमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। सामान किन्ने ग्राहकको लागि भाग्यशाली उपहारको नतिजा भने केही दिन पछि सूचना प्रकाशित गरी प्रकाशन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार