पथरी । पथरी शनिश्चरे नगरपालिका बेरुजु रकम फर्स्योटमा मोरङ जिल्लाको दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
महालेखापरीक्षकको त्रिसठ्ठिऔँ वार्षिक प्रतिवेदन २०८३ अनुसार लेखापरीक्षण रकम २ अर्ब ३१ करोड ३३ लाख ६८ हजारमध्ये बेरुजु रकम १ करोड ६६ लाख ९७ हजार रहेको छ । नगरपालिकाले बेरुजु प्रतिशतलाई ०.७२ मा सीमित गर्न सफलता प्राप्त गरेको हो ।
यसैगरी ग्रामथान गाउँपालिकाले बेरुजु प्रतिशतलाई ०.४५ मा सीमित गर्दै प्रथम स्थान हासिल गरेको छ भने ०.७४ मा सीमित गर्दै रतुवामाई नगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । गत वर्ष पनि पथरी शनिश्चरे नगरपालिकाले बेरुजु फर्स्योटमा दोस्रो स्थान हासिल गरेको नगर प्रवक्ता नविन कार्कीले जानकारी दिए।


3 पटक हेरिएको 







