सहकारीका लागि अभिमुखिकरण कार्यक्रम

पथरी ।  नगरको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाका शेयर सदस्यहरूका लागि सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा आज नगरको सभहलमा सो कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर भित्र स्थापित सहकारीका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । यसैगरी अभिमुखीकरणमा आर्थिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, आर्थिक विकास समितिका सदस्य तथा कार्यपालिका सदस्य सिता भूषालको पनि उपस्थिति रहेको थियो । सहजीकरण रोष्टर प्रशिक्षक नेफ्स्कुनका एकराज निरौलाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार