बेलबारी । उज्यालो नेपाल पार्टीको मोरङ जिल्लास्तरीय अन्तरकृयात्मक भेटघाट तथा बेलबारी नगर कमिटि घोषणा कार्यक्रम सम्पन्न भएको छ
अजितकुमार धिमालको अध्यक्षता भएको कार्यक्रममा उज्यालो पार्टीका उपाध्यक्ष प्रा.डा. महेन्द्र लावती, प्रदेश सदस्य भोजकुमार लावती, डिल्ली लिङ्दम, प्रदेश सल्लाहकार बाङ्गाई धिमाललगायतको उपस्थिति रहेकोे थियो । भेलाले उज्यालाे नेपाल पार्टी, बेलबारी नगर कमिटि गठन गरिएको छ । समितिको अध्यक्षमा राजकुमार धिमाल, .उपाध्यक्षत्रयमा लक्ष्मी राई,मदन राई, नारायणसिंह राई, सचिवमा एलिसा राई, सह सचिवमा अस्मिता राई, काेक्षाध्यक्षमा मिना राई रहेका छन् । भने सदस्यहरुमा पदम भुजेल, कृष्ण राई, दिपिका राई, पवित्रा राई, तिर्थकला राई, सावित्रा धिमाल, निलु राई, लालमत्ती राई, शाेभा राई, दिलबहादुर तामाङ रहेका छन् ।


16 पटक हेरिएको 




