निर्वाचनद्वारा सिर्जना बाल क्लबको नयाँ नेतृत्व चयन

पथरी । चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालय पथरी शनिश्चरे ७ मोरङमा निर्वाचन प्रक्रियाद्वारा बाल क्लबको समिति निर्वाचित गरिएको छ ।

शुक्रबार चन्द्रकिरातेश्वर बिद्यालय मातहतमा रहेको सिर्जना बाल क्लबको निर्वाचन भएको हो । सृष्टिका नेपाललाई पराजित गर्दै समितिको अध्यक्षमा अनुषा लिवाङ निर्वाचित भइन् । तीन प्रतिस्पर्धीलाई पछि पार्दै एलिसा धिमाल उपाध्यक्षमा निर्वाचत भएकी छिन् ।सचिब पदमा भने पाँच जनाको उम्मेदवारी परेको थियो । जसमध्ये प्रविण लिम्बु निर्वाचित भए । सहसचिव र कोषाध्यक्षमा क्रमशः अनमोल मगर र इस्तिका गजमेर निर्वाचित भएका छन् । ११ सदस्यीय समितिको सदस्यहरुमा दिपेश ढकाल, एलिना दर्जी, देवराज थिङ, इक्सा लिम्बू, एल्बिन दर्जी र परिसा गुरुङ निर्वाचित भएका छन् । कक्षा ५, ६,७,८,९ र १० का विद्यार्थीहरु निर्वाचनमा सहभागी भएको बिद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार