पथरी । पथरी शनिश्चरे नगरपालिका र नोबेल मेडिकल कलेजबीच नगरवासीलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
मंगलबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उपप्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य तथा नोबेल मेडिकल कलेजका प्रतिनिधिबीच सम्झौता भएको हो । सम्झौताअनुसार पथरी शनिश्चरे नगरपालिकामा बसोबास गर्ने नगरवासीले नोबेल अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म र केएमसीमा ५० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन् ।
नगरपालिकाको सिफारिसका आधारमा अस्पतालले नगरवासीलाई विशेष छुट उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिए । सम्झौताले नगरवासीलाई स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


1 पटक हेरिएको 












