हसन्दह । रामजानकी आधारभूत विद्यालय, पथरी शनिश्चरे–६ भातेगौँडा मोरङको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
शुक्रबार भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको हो । समितिको अध्यक्षमा सुरेश लिम्बू, सदस्यहरुमा लिलावती यादव, सुनिता मगर र मञ्जु यादव रहेका छन् । गठित शिक्षक अभिभावक संघको अध्यक्षमा राजेश प्रसाद गुप्ता तथा सदस्यहरुमा संगीता दर्जी, कलावती कविरत, तील कुमारी चन्द्रवंशी र प्रेम बहादुर मगर रहेका छन् ।


19 पटक हेरिएको 












