मिक्लाजुङ । प्रहरीले वेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका तीन थान भरुवा बन्दुकसहित विभिन्न सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ भदौ १४ गते साँझ करिब ५ः३० बजे मोरङको मिक्लाजुङ गाउँपालिका–६, लालमारी श्रीलङ्का टोलबाट ती सामाग्री बरामद गरिएको हो । भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने सामग्री लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
इलाका प्रहरी कार्यालय उर्लाबारीले खोजतलास गर्ने क्रममा झाडीमा शंकास्पद अवस्थामा बेवारिसे रूपमा राखिएका तीन थान भरुवा बन्दुक, एक थान फलामको नाल, बन्दुकमा प्रयोग हुने बारुद करिब १९ ग्राम २४० मिलिग्राम, फलामको ब्यारिङ ९८ वटा तथा फलामका टुक्रा १३ वटा बरामद गरेको जनाएको छ।
भदौ १५ गते जारी विग्यप्तीमा बरामद गरिएका हतियार तथा सामग्रीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


14 पटक हेरिएको 












