आग्रगामी मोर्चा प्रदेश समन्वय समिति गठन

पथरी । सुनसरीको इटहरीमा आग्रगामी मोर्चाले कोशी प्रदेशस्तरीय समन्वय समिति गठन गरेको छ।

सोमबार आयोजित कार्यक्रमबाट प्रदेश नं. १ (कोशी प्रदेश) का लागि १५ सदस्यीय प्रदेश समन्वय समिति घोषणा गरिएको हो।
रणेन्द्र थिमहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पूर्व सामाजिक मन्त्री जगराम यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू तथा विभिन्न घटक र मोर्चासँग आबद्ध नेताहरूको समेत उपस्थिति रहेको थियो।
गठित प्रदेश समन्वय समितिमा दिपक याक्खा, धनश्याम कटुवाल, मचिन्द्र वैघा, तुलसी राजबंशी, सञ्जय मेवाहाङ राई, विरेन्द्र दास, मनोज भट्टराई, रणेन्द्र थिमहाङ, राजदेव राई, शिव नारायण धामी थारु, देशमाया राई, खगेन्द्र भण्डारी, जुडीलाल मोची, बद्री पासवान र राम विष्ट रहेका छन्।
कार्यक्रममा सहभागी नेताहरूले आगामी मोर्चाको संगठन विस्तार, प्रदेशस्तरीय समन्वय तथा साझा राजनीतिक एजेन्डालाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल गरेका थिए।
बाँकी घटकहरूबाट प्रतिनिधित्व थप गर्दै समितिलाई पूर्णता दिने गरी हाललाई १५ सदस्यीय प्रदेश समन्वय समिति घोषणा गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार