विराटनगर । झापा, मोरङ र ताप्लेजुङबाट बिभिन्न मुद्दाका १० जना फरार प्रतिबादीहरुलाई पक्राउ गरीएको छ ।
अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले भदौ २९ गते झापाबाट २ जना, मोरङबाट ६ जना, र ताप्लेजुङबाट २ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट २१ बर्ष ७ महिना कैद सजाय र ४९ हजार रुपैयाँ जरिवाना रकम असुल उपर भएको छ भने कैद भुक्तानको लागी कारागार पठाएको छ ।


12 पटक हेरिएको 












