पाचौँ सिरिजङ्गा वडाध्यक्ष कप: सुकेचौरी एफसीको फराकिलो जित 

सिरिजङ्गा चोक(पथरी) । पाचौँ सिरिजङ्घा वडाध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सुकेचौरी एफसी लेटाङ पुगेको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा सुकेचौरी एफसी लेटाङले गोर्खा युनाइटेड उर्लाबारीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। सुकेचौरीको जितमा प्रवेश बस्नेतले दुई गोल गरे। उनले पहिलो हाफको २३औँ मिनेट र दोस्रो हाफको ११औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै, रोशन राईले दोस्रो हाफको २३औँ मिनेटमा र लाग्देन तामाङले १७औँ मिनेटमा गोल थपे। खेलको दोस्रो हाफ तनाबपूर्ण रह्यो । खेलका मुख्य रेफ्री टंक लिम्बुले गोर्खा युनाइटेडका मिक्सन दास र रुद्र क्षेत्री सुकेचौरीका रोहन गुरुङलाई रातो कार्ड दिएर मैदान बाहिर पठाए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुकेचौरीका अर्जुन परियार म्यान अफ द म्याच घोषित भए।
शुक्रबार हुने उपाधि भिडन्तमा आयोजक सिरिजङ्घा स्पोर्टिङ क्लब र सुकेचौरी एफसी लेटाङबीच प्रतिस्पर्धा हुनेछ।

सिरिजङ्गा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा आठवटा फुटबल टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार