काठमाडौं । पूर्व मन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
बुधबार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन तथा रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेयर पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।
उनले फेसबुकमा लेखेकी छन्, “मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित 🙏 आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।”श्रेष्ठको घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि उनको उम्मेदवारीलाई राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ । श्रेष्ठले प्रतिनिधि सभा सदस्यको जिम्मेवारी समेत समालिसकेकी छिन् ।



16 पटक हेरिएको 












