माओवादी केन्द्र ढुलमुले र अवसरवादी : जसपा नेपाल

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेकपा माओवादी केन्द्रलाई कम्युनिष्ट–माओवादी नामको खोलभित्र रहेको विकृत निम्न पुँजीवादी चरित्रको पार्टी भएको आरोप लगाएको छ । नेकपा माओवादी केन्द्रको चिन्तन र व्यवहार माक्र्सवाद–लेलिनवाद र माओवाद नभई ढुलमुले, अवसरवादी चरित्रको रहेको भन्दै जसपा नेपालले आफ्नो राजनीतिक प्रतिव...