दमक । झापाको दमकस्थित लाइफलाईन अस्पतालले विशिष्टिकृत स्वास्थ्य सेवा थप गर्ने भएको छ । आइतबार अस्पतालमा आयोजित सञ्चालक समिति र सञ्चारकर्मीबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । अस्पतालका नवनियुक्त सञ्चालक समिति अध्यक्ष बालचन्द्र सुब्बासहित सञ्चालकहरु सहभागी रहेको सो कार्यक्रममा अस्पतालका प्र...






