लेटाङमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त

लेटाङ (मोरङ) १६ अशोज । लेटाङ नगरपालिका अन्तर्गत श्री सूर्य प्राथमिक विद्यालय, लेटाङ ५, मा खुला प्रतिस्पर्धाबाट राजु गौतम प्रधानाध्यापकको रुपमा नियुक्त भएका छन्। 'लेटाङ नगरपालिका प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि २०८०' अनुसार विद्यालयमा रिक्त पदमा गौतमको नियुक्ति भएको यो पहिलो हो। मोरङ जिल्लामा प्रधानाध्याप...