जसपा नेपालको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश, समूहगत छलफलपछि सुझावसहित पारित हुने

जनता समाजवादी पार्टी नेपालको एकताको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पेश भएको पार्टीको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सुरु भएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द यादवले १९ बुँदामा समेटिएको ३१ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेसँगै समूह विभाजन गरेर खाना सम...