पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरेको सदस्यता खारेज गर्न चार संगठनको माग

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरे पदबाट राजिनामा नदिई सरकारी लाभको पदमा नियुक्त भएपछि उनको सदस्यता खारेजीको माग गर्दै विभिन्न संघ संगठनहरू आन्दोलित बनेका छन् । आन्दोलनकै क्रममा उनीहरूले शुक्रबार कार्यवाहक अध्यक्ष लवदेव ढुंगानालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । प्रेस चौ...