सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले आफ्नो वडाका नागरिकहरूको घरमा घरदैलो कार्यक्रम मार्फत सेवा प्रबाह गर्ने भएको छ । वडाध्यक्ष नवीन कार्कीका अनुसार जेठ ११ गतेदेखि २१ गतेसम्म वडाका जनप्रतिनिधि तथा कर्मचारीहरु घरदैलो कार्यक्रममा जाने वताइएको छ । सो क्रममा सबै परिवारको पारिवारिक कार्ड नयाँ वितरण गर्ने, ब्यक्तिग...






