विपन्नको घर निर्माण गर्दै पथरी शनिश्चरे नगरपालिका

पथरी । पथरी शनिश्चरे नगरपालिकाले विपन्न नागरिकहरुको घर निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको छ । पालिकाको वडा नं. ५ को चुडाकुमारी पौडेल, द्रोपति ऋषिदेव र वडा नं. ६ को नारायण पोखरेलको घर निर्माण लगभग अन्तिम चरणमा पुगेको नगरका सव–इन्जिनियर रन्जित राजवंशीले जानकारी दिए । यसैगरी वडा नं. ७ को लिलामाया आङ्देम्वे, इन्द्रब...