बालबालिकामा संक्रमण बढ्यो

काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रमित हुने बालबालिकाको संख्यामा वृद्धि हुँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो ९ दिनको तथ्यांक हेर्ने हो भने संक्रमित हुने बालबालिकाको संख्या ७ गुणाले वृद्धि भएको छ । २१ पुसमा १० वर्षभन्दा मुनिका ७ जना बालबालिकामा संक्रमण पुष्टि भएको थियो । तर, २९ पुसमा उक्त संख्या उकालो लाग्दै ४९ पुगेको छ ।

बालबालिकामा संक्रमणदर बढ्दै जानुमा मुख्य कारण नै खोपको पहुँचमा बालबालिका नहुनु बालरोग विशेषज्ञहरु बताउँछन् ।अस्पतालमा कोरोनाका शंकास्पद लक्षण भएका बालबालिकाको भर्ना दर बढ्दै गएको छ ।

सरकारले बालबालिकाहरूलाई संक्रमणबाट जोगाउनका लागि विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ । तर, घरमा पनि अभिभावकले बालबालिकालाई संक्रमणबाट जोगाउनका लागि जनस्वास्थ्यको मापदण्ड पालना गनुपर्ने विज्ञको सुझाव छ ।
बालबालिकामा रुघाखोकी, श्वास लिँदा आवाज आउने, खानामा रुची घट्ने, सामान्य ज्वरो जस्ता लक्षण लिएर अस्पताल पुगेका छन् । लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने डा. भट्टराईको सुझाव छ ।

श्वासप्रश्वासको गति छिट्टो हुने, कोखा हान्ने, बालबालिका शिथिल हुने, अक्सिजन लेबल ९३ भन्दा तल झर्ने, जिब्रोको भाग निलो हुने जस्ता लक्षण देखिए तुरुन्तै अस्पताल लैजानुपर्ने सुझाव छ । बेलैमा अवस्था थाहा पाए उपचार गर्न सहज हुने विशेषज्ञहरु भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार