ओमिक्रोन भेरियन्टबाट बच्न के गर्ने?

 204 पटक हेरिएको

ओमिक्रोन भेरियन्ट सम्बन्धी जानकारीः
ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो?

ओमिक्रोन भेरियन्ट #COVID19 को सबैभन्दा पछिल्लो भेरियन्ट हो। यो भेरियन्ट अहिले नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ।

के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भेरियन्ट भन्दा बढी संक्रामक छ?

यो भेरियन्ट देखापरेको मुलुकहरूमा संक्रमण दर ह्वातै बढेको छ। तर यो ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन र यस बारे थप अध्ययन भइरहेको छ।

के कोभिड-१९ विरुद्धका खोपहरू ओमिक्रोन भेरियन्ट विरुद्ध पनि प्रभावकारी छन्?

ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रूपमा देखा परेको छ। हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरू यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरू अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन।

पहिले कोभिड-१९ संक्रमण भइसकेकालाई ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ?

सक्छ। पहिले कोभिड-१९ संक्रमण भइसकेकालाई समेत फेरी ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ।

ओमिक्रोन भेरियन्टबाट बच्न के गर्ने?

कोभिड-१९ का अन्य भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरूको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्छ।


जुन सुकै भेरियन्ट आए पनि कोभिड-१९ को जोखिम कम गर्न यी उपायहरू अपनाऔँ:
– सही तरिकाले मास्क लगाउने

– कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने

– बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

– भिडभाड नगर्ने

– हावा आवतजावत हुने स्थानमा बस्ने

– कोभिड‍-१९ विरुद्धको खोप लगाउने

sources
https://www.unicef.org/nepal/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार