‘सेवारो पोष्टले इमान्दारिता पत्रकारिता गर्छ ।’
नेपालमा आमसञ्चारले उद्योगको स्वरुप लिइसकेको छैन । केही छन्, जस्लाई औलामा गन्न सकिन्छ । यस क्षेत्रमा कम अवसर तथा चुनौतिको चाङ छ । विज्ञापन मात्र होइन, समग्र पत्रकारिता क्षेत्रमा पेशागत दक्षतामा कमीकमजोरीहरु रहेकोे पाइन्छ ।
छोइने कागज होस् वा बोल्ने फ्रिक्वेन्सी, स्क्रिनमा उत्रने श्रव्य दृश्य होस् वा हातहातमा आइपुग्ने अनलाइन, नेपालमा मिडियाको निरन्तर संख्यात्मक रुपमा बढी नै रहेको छ । इलेक्ट्रोनिक या छापा सञ्चार माध्यमको क्रेज बढेकाले संख्यामा वृद्धि भएको हो । अझ विद्युतीय पत्रकारितामा पनि नयाँनयाँ मोड देखा पर्दैछ । प्रतिपस्र्धा पनि घट्दो छैन । भूउपग्रहको प्रविधिबाट प्रसारण, विश्वव्यापी रुपमा हुन सक्ने हुनाले विद्युतीय माध्यमको व्यवसायिक सम्भावना उत्साहजनक छ । यसको आफ्नो सीमा रेखा छ । इन्टरनेट प्रविधि अनिवार्यता पर्छ नै । आर्थिक पक्ष तथा प्राविधिक पक्ष हुने गरेको पत्रकारिताका लागि सञ्चार माध्यम नभइ नहुने अत्याधिक आवश्यक साधन हो ।
सूचनालाई लेखन वा सचित्रको रुपमा संकलन गर्ने सीमा भित्र पर्ने पत्रकारिता आफैमा लेखन कला हो । यहि कैशलतामा रहेर समय सापेक्ष अनलाइनमार्फत् विभेद र उत्पीडनमा परेका र पारिएका समुदाय, वर्ग र क्षेत्रका सबैखाले मुद्दा उजागर गर्दै सूचनाहरुलाई सम्प्रेषण गर्ने उद्देश्यको साथ आजदेखि अनलाइन सञ्चार माध्यमको रुपमा सेवारो डटकम सञ्चालन गर्न गइरहेको छौँ । सीमान्तकृत उत्पीडित वर्ग समुदायको आवाज पस्कन सेवारो पोष्टले कुनै कन्ज्युसाई गर्ने छैन । रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता वा छापा पत्रकारिताको महिमा छदैछ । हामी चाहिँ अनलाइन पत्रकारिता गर्नतर्फ लम्किएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रमा सत्यनिष्ठ, निष्पक्ष, न्यायपूर्ण अभिव्यक्ति स्वतन्त्रताको हक प्रेसलाई दिइएको छ । सो कुरालाई मध्यनजर गर्दै सेवारो पोष्टले इमान्दारिता पत्रकारिता गर्नेछ । पत्रकारिताको मूल्य मान्यता आत्मसाथ गर्दै समाज, राष्ट्रको सबै क्षेत्र समेटेर सूचना, गतिविधिहरुलाई सम्प्रेषणको माध्यमको रुपमा काम गर्ने छौँ । सेवारो पोष्ट अगाडि बढ्ने क्रममा तपाइँहरुको साथ, सहयोग, हौसला, आलोचना सबै आवश्यक रहन्छ । तपाईँहरुको आलोचनाको भोगो हुनेछौं । हामो टिमले सधैब स्वागत गर्नेछ ।
कोभिड १९ को संकटमा जुधिरहेको बखत हामी सदैव सकरात्मक तथा आलोचनात्मक प्रतिक्रियाहरुको अपेक्षा समेत गर्दछौँ । सेवारो पोष्टको वृद्धि तथा विकासको लागि रचनात्मक सहयोगको अटुट अपेक्षा गर्दछौं ।
आज माघे सक्रान्ति÷मगर सक्रान्ति÷माघे सक्रान्ति÷ध्यःचाकु सलु÷माघी पर्व÷छार म्हेङ–२०७८÷यले दोङ÷यले सम्बत्–५०८२÷कक्फेक्वा तङनाम । नेपालीको महान् पर्व तथा सेवारो पोष्टको सार्वजनिकीकरणको शुभ साइतमा यहाँहरु सम्पूर्ण पाठकहरुमा हार्दिक शुभकामना ।