बेघाद्वारा सम्पादित ‘अग्रगामी कदम’ सार्वजनिक

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रादेशिक समिति (प्रदेश नम्बर १)ले आफनो मुखपत्र ‘अग्रगामी कदम’ सार्वजनिक गरेको छ ।
पुस २७ गते मंगलबार फोनिजको दोस्रो प्रादेशिक महाधिबेशनको उद्घाटन समारोहमा मुखपत्रलाई सार्वजनिक गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री माननीय इन्द्र बहादुर आङबो, फोनिज संघीय अध्यक्ष दण्ड गुरुङ, बरिष्ठ उपाध्यक्ष गजुरधन राई, संघीय सचिबद्धय मिलन लिम्बु तथा कमन देवान, इञ्चार्ज दिपन राई, अग्रज पत्रकार सञ्जय सन्ताषी राई, कौशल चेम्जोङ, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, समाजवादी प्रेस संगठन नेपाल प्रदेश नम्बर १ का अध्यक्ष बन्धु पोखरेललगायले मुखपत्र सार्वजनिक गरेका हुन् । फोनिजका उपाध्यक्ष फिपराज बेघाद्धारा सम्पादिन ‘अग्रगामी कदम’को सम्पादक मण्डलमा फोजिनकी उपाध्यक्ष भुमिका फियाक, महासचिब विदुर खवास र कोषाध्यक्ष सुशन रुङमाङ रहेका छन् । १ सय ३२ पृष्ठको मुखपत्रमा फोजिनको १४ जिल्ला शाखा तथा प्रादेशिक समितिको सागठनिक गतिविधि, अभिलेख, समाचार, फोटो फिचर, लेख रचना, अन्तवार्ता समिटिएको सम्पादक फिपराज बेघाले जनाएका छन् ।


फोजिनका संघीय सचिब कमन देवानद्धारा लिखित ‘समावेशीकरणको सवाल र फोनिज आन्दोलन’ शीर्षकको लेख, गणेश बाम्बुले राईद्वारा लिखित ‘सिरिजंगा लिपि अब प्रदेश–१ को साझा शीर्षकको लेख, लिम्बु पत्रकार संघका सचिब दिनेश मिभक सुब्बाद्धारा ‘लिम्बु पत्रकार संघको अवस्था’ शीर्षकको लेख, फोनिज प्रदेश सदस्य विजय धिमालद्धारा लिखित ‘धिमाल जातिको संक्षिप्त परिचय र पत्रकारिता’ शीर्षकको लेख पुस्तकमा समेटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार