माघ १७, मोरङ (से.स.) । । भूमी आयोगले मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा तत्काल काम थाल्ने जनाएको छ ।
आयोगले आज नगरका राजनीतिक दलका प्रतिनिधि सम्मिलित आयोगको सहयोग एवम समन्वय समितिसङ्ग छलफल गर्ने क्रममा आयोग केन्द्रीय सदस्य सरिता महर्जन र जिल्ला अध्यक्ष सुशीला घिमिरेले तत्काल काम थालिने बताउनु भएको हो । अघिल्लो आयोगले गरेको सबै कामको अपनत्व लिदै कम्प्युटर सफ्टवेयरमा दर्ता हुन बाकी रहेकाको तथ्यांक दर्ता गर्ने सहितका प्रक्रिया अघि बढाइने जनाउनु भयो ।
छलफलमा प्रदेश साम्सद कृष्णकुमारी राई, नगर प्रमुख दिलीपकुमार राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नेपाली काङ्ग्रेसका नगर सभापति रुपनारायण भट्टराई, माओवादीका नगर अध्यक्ष चेतन दाहाल, जनता समाजबादी पार्टीका नगर अध्यक्ष फिपराज लिम्बुलगायत सहित दलका प्रतिनिधिहरूले लामो समयदेखि जकडिएर बसेको भूमी समस्याको दिगो र न्यायोचित समाधानका लागि हरतरहले सहयोग पुर्याउने बताउनु भयो । भोलिबाट काम थाल्ने भन्दै आयोगले १ जना सर्भेक्षक र २ जना अमिनको ब्यबस्थापन गरिसकेको उल्लेख गरेको छ ।


149 पटक हेरिएको 








