पत्रकार सम्मेलनमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ । विश्वविद्यालय उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्ने क्रममा बिथोल्न खोज्दा विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

बाँस्कोटाले लामो समयदेखि तालाबन्दी भइरहेको विषयमा आफुनो धारणा राखेका थिए । सम्मेलन बाहिर भने नेविसंघले नाराबाजी गर्दै पत्रकार सम्मेलन बिथोल्ने प्रयास गरेको थियो । सो क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्ने योगेन्द्र रावलको टोलीले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको थियो । सोही क्रममा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गरेको थियो । त्यही क्रममा दुई पक्षबीच झडप भएको हो । झडपको क्रममा नेविसंघ नेता भुवन जोशी, किशोर भण्डारी लगायत दर्जन बढी घाइते भएका छन् । भने केही प्रहरी समेत घाइते भएका छन् । नेविसंघले भने प्रदर्शन गर्दै हुबहु प्रश्न पत्र निकाल्नेमाथि छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको थियो । त्यही क्रममा विवाद हुँदै झडपको अवस्था सिर्जना भएको हो । नेविसंघले उपकुलपति बाँस्कोटाको राजीनामा माग गरेका छन् । अनेरास्ववियूले पत्रकार सम्मेलन बिथोल्न खोजिएको र आफूमाथि नै जाइ लागेको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार