शिवसताक्षी (झापा) । सामाजिक विकास राज्य मन्त्री विष्णुमाया तुम्बाहाम्फेले पहिचानको आन्दोलनलाई अझै शसक्त र प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । वहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर कार्यकर्ताहरुबीच एकता र अठोटका साथ अघि बढ्न आग्रह गर्नुभयो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालले शिवसताक्षी नगरपालिका वडा नम्बर १ झापामा आयोजना गरेको कार्यक्रम मन्त्री तुम्बाहाम्फेले सो कुरा बताउनु भएको हो । मन्त्री तुम्बाहाम्फेले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान प्रान्तीय मञ्चले अघि सारेका राजनीतिक एजेन्डालाई पुरा गर्न निर्वाचनमा प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
अशोज १ गते भएको कार्यक्रममा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ क्षेत्रीय कार्य समिति अन्तर्गत भातृ संगठन गठन भएको छ । संघीय लिम्बुवान महिला मञ्च, संघीय लिम्बुवान युवा मञ्च, संघीय लिम्वुवान भुपू सैनिक मञ्च र संघीय लिम्बुवान साँस्कृतिक कलाकार मञ्च गठन भएको हो । महिला मञ्चको अध्यक्षमा मनिता सुब्बा, युवा मञ्चको अध्यक्षमा शिब शेर्मा, लिम्बूवान भूपु सैनिक मञ्चको अध्यक्षमा कर्ण लिम्बू र साँस्कृतिक कलाकार मञ्चको अध्यक्षमा जीतेन यक्तेन रहनुभएको छ । संघीय लिम्बूवान लेखक मञ्चका बिक्रम वनेम फागो, लिम्बूवान साँस्कृतिक कलाकार मञ्चका हरिराज खिमदिङ, संघीय लिम्बूवान प्रान्तीय मञ्चका दिल सेरेङ, भुपु सैनिक मञ्च सुनसरीका अध्यक्ष धनबहादुर साम्सोहाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा साँस्कृतिक कार्यक्रम समेत भएको थियो ।


107 पटक हेरिएको 








