पथरी। लिम्बु सास्कृती परिषद मोरङको पहिलो अधिबेशन शनिबार सम्पन्न भएको छ ।
परिषदको अधिबेशनले ज्योति हाङ्श्रोङ(बेलबारी) को नेतृत्वमा १७ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा पर्शुराम चोङ्बाङ(पथरी) र मोहनसिङ लुङ्फुङ्वा(बेलबारी) र सचिबमा अर्जुङ पाक्साक्वा(सुन्दर हरैचा), सहसचिबमा सन्जिब केरुङ(कानेपोखरी) र सुनिता थक्सु(मिक्लाजुङ) रहेका छन । अधिबेशनमा किरात याक्थुङ चुम्लुङ सङ्घीय सदस्य सन्तोष सेरेङ, प्रदेश सदस्य दिलु लिङ्देन लावती, जिल्ला अध्यक्ष डम्बर कुरुङ्बाङ्लगायतले सम्बोधन गरेका थिए।


148 पटक हेरिएको 








