हत्याको आरोपमा सात जना बालक पक्राउ

रिसिबिका कारण हत्या भएको प्रारम्भिक अनुसन्धान

  फिपराज बेघा  118 पटक हेरिएको

उर्लाबारी । झापाको दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षिय दियुस श्रेष्ठको हत्याको आरोपमा ७ जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-६ चन्द्रमा चौक बस्ने वर्ष १७ का सरोज बस्नेत, सोही वडाको बानडाँडा बस्ने वर्ष १६ का सन्देश खवास, वर्ष १७ का विकास तामाङ, पानी ट्याङकी बस्ने वर्ष १६ का मन्जिल माझी, तरुण चौक वस्ने वर्ष १६ का सपन खत्री, वर्ष १५ का प्रतिक बराइली र वर्ष १६ का सरोज परियार पक्राउ परेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलनजंग थापाले बताए ।
मोरङको उर्लाबारी नगरपालिका-७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय बालकको आइतबार राती छुरा प्रहार बाट हत्या भएको थियो । राती अन्दाजी १०ः३० बजेको समयमा छठ पुजा हेर्न गएका श्रेष्ठलाई पुरानो रिसीवी साध्न छुरा प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
छुरा प्रहारबाट गम्भिर घाईते भई लडिरहेका श्रेष्ठलाई उर्लाबारी स्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहा उपचार सम्भव नभएपछी थप उपचारका लागि झापाको विएण्ड्सी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा श्रेष्ठको सोमबार विहान करिव ४ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएस्पी दिपक श्रेष्ठले बताए ।
घटनामा संलग्न निम्न ७ जना मध्ये ५ जनालाई ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले दिउसै पक्राउ गरेको थियो भने थप २ जनालाई साझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक थापाले बताए । प्रहरीले घटना घटेको १२ घण्टा वित्न नपाउदै हत्याको आरोपमा चक्कु सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार