पथरी । प्रेस मञ्च नेपालका संघीय समिति सदस्य प्रेमचन्द्र झामाथि भएको सांघातिक हमलाको घट्नाप्रति प्रेस मञ्च नेपाल संघीय समितिले विज्ञप्तिसहित ध्यानाकर्षण गरेको छ ।
झालाई कात्तिक १३ गते राति ९ः३० बजेको समयमा धनुषा जिल्लाको नगराईन नगरपालिका वडा ७ स्थीत छठ घाटमा सांघातिक हमला भएको हो । विज्ञप्तिमा भनिएको छ –‘आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति मात्र तीन हप्ता बाँकी रहेका बेला सञ्चारकर्मीमाथि भएको यस किसिमको आक्रमण प्रयासले राज्यको निवार्चन सुरक्षा चुस्ततामाथि समेत गम्भीर प्रश्न खडा भएको हाम्रो ठहर छ ।’ प्रेस मञ्च नेपालले घटनाको निष्पक्ष छानबिन गरी संलग्नहरूमाथि कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्यसमक्ष जोडदार माग पनि गरेको छ । सञ्चारकर्मीहरूलाई निर्वाध सूचना संकलन र सम्प्रेषणको लागि भयरहित वातावरण बनाउनसमेत प्रेस मञ्चले अनुरोध गरेको छ । 


190 पटक हेरिएको 









