आज ५ सांसदले याक्थुङ लिम्बु भाषामा शपथ लिने

विराटनगर । प्रदेश नम्बर १ का पाँच जना नवनिर्वाचित प्रदेश सभा सदस्यले मातृभाषामा सोमबार शपथ लिने भएका छन । ती मध्ये दुई वहालवाला मन्त्रीसमेत हरेका छन् । प्रदेश सांसदमा पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजना मन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बाले र इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनुलङ्वा लिम्बुले मातृभाषामा शपथ लिने भएका छन् । प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेकपा (एकीकृत समाजवादी)का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टी नेपालकी निर्मला लिम्बूले मातृभाषा यक्थुङर लिम्बू भाषामा सपथ लिनेछन् । ८८ सासंदले भने नेपाली भाषामा सपथ लिदैछन्। आज निर्वाचित सासंदहरुले १ः३० बजे प्रदेशसभा भवनमा शपथ गराउने कार्यक्रम तय गरेको छ । यस अघि १२ः३० बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्ले ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ । सचिवालयले पुस ५ गते सार्वजनिक सूचना जारी गरि मातृभाषामा शपथ लिन शपथ लिने दिनभन्दा तीन दिन अगावै विवरण उपलब्ध गराउन माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार