पथरी । समुन्नत पशुपन्छी तथा माछा पालन, सम्पन्न किसान समृद्ध नगर मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिम कार्यक्रम सुरु भएको छ ।
पथरीशनिश्चरे वडा नं. ५, ६ र ९ मा आजदेखि तीन दिनम्म सञ्चालन हुने सो तालिमको आयोजना पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको हो ।
तालिमको वडा नं. ९ मा वडा अध्यक्ष वीरबहादुर राईले उद्घाटन गरे । यस्तै वडा नं. ५ मा वडाध्यक्ष चेतन खड्का र वडा नं. ६ मा कार्यवहाक अध्यक्ष विष्णु लिम्बुले उद्घाटन गरे ।
यस तालिममा वार्डबाट २५ जनाको दरले सहभागिता हुने पशुपन्छी शाखा प्रमुख पर्वत साहले जानकारी दिनुभयो ।


145 पटक हेरिएको 









