प्रदेश १ सभामुखको निर्वाचन २५ गतेको बैठकले तोक्ने

विराटनगर । प्रदेश १ सभा सदस्य ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डलले आउँदो प्रदेशसभाको बैठकमा सभामुख निर्वाचनका लागि मिति तोक्ने बताएका छन् । पुस २५ गते दिउँदो १ बजे बस्ने प्रदेशसभाको दोस्रो बैठकमा सभामुख निर्वाचनको मिति तोक्ने उनले बताएका हुन् ।
प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्ने र सो दुई पदमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था संविधानको धारा १२८ का उपधारा २ मा उल्लेख छ ।
संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।
प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम (१) मा सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहने गरी तोकिएको दिनमा हुनेछ र त्यसको सूचना सचिवले प्रकाशन गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार