निर्मलाको घटनामा थप अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
गृह मन्त्रालयमा आज गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएको हो । गृहमन्त्री लामिछानेले सिआइबीलाई चाँडोभन्दा चाँडो प्रतिवेदन आउने गरी स्वतन्त्रपूर्वक उक्त घटनाको छानबिन गर्न पनि निर्देशन दिएका छन ्।
धर्नाकी मुख्य अभियन्ता रूबी खानले भने पीडकले सजाय नपाएसम्म आफूहरू विश्वस्त हुन नसक्ने बताइन्। उनका अनुसार गृहमन्त्री लामिछानेले उनलाई पुस १६ गते र सोमबार टेलिफोन सम्पर्क गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार