पशुपन्छी पालन तालिमको समापन

पथरी । मोरंगको पथरी शानिश्चरे नगरपालिकाको वडा नं. ७, ८ र १० पशुपन्छी पालन तालिमको समापन गरिएको छ ।
तीन वटै वडामा पुस १७ गतेदेखि १९ सम्म मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिम सञ्चालन भएको हो ।
पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको तालिममा वडा नड्ढ ८ मा प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा अध्यक्ष नवीन जंग कार्कीको अध्यक्षतामा र वडा सदस्य झमक लिम्बुको सहभागी समापन कार्यक्रममा रहेको थियो । वडा नम्बर ७ र १० मा भएको समापन कार्यक्रम उप-प्रमुख देवीमाया काफ्ले प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । वडा नं.१० मा वडा सदस्य तथा कार्यपालिका सदस्य मिना तामाङ र वडा नं. ७ मा वडा अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा तालिमको समापन भएको जानकारी पशुपन्छी तथा मत्स्य विकास शाखाको प्रमुख पर्वत साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार