माङसेबुङ(इलाम) । १३ औं संस्करणको पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता माङसेबुङ इलाममा आगामी २३ माघदेखि संचालन हुने भएको छ ।
किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६७ औं जन्मोत्सवको अवसरमा संचालन हुन लागेको प्रतियोगिताको तयारी सुरु भएको छ ।
स्थानीय आत्मानन्द खेलमैदानमा संचालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १० वटा महिला टिमको सहभागिता रहनेछ । आत्मा पवित्र खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा यसवर्ष इलामको माङ्सेबुङ गाउँपालिका र जनता सेभेन, झापाको रोयल स्र्पोटिङ क्लब दमक र कन्काई नगर खेलकुद प्रतिष्ठान, सुनसरीको माउन्ट एभरेष्ट स्र्पोटिङ क्लब धरान, ताप्लेजुङको कणर्सिंह सोनाम एफसी, धनकुटाको जिल्ला फुटबल संघ, मोरङको नवदिप युवा क्लब मिक्लाजुङ र पाहुना टोली भारतको एमएफसी दार्जिलिङको सहभागिता रहनेछ । फागुन ३ गते हुने फाइनलका विजेता टिमले २ लाख १ सय ६७ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ र ट्रफि प्राप्त गर्नेछन् ।
माङसेबुङमा २०६७ देखि हरेक वर्ष गुरुआमाको जन्मोत्सवमा यही समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।


106 पटक हेरिएको 








