याक्थुङ भाषा प्रशिक्षण प्रारम्भ

 107 पटक हेरिएको

धरमपुर(झापा)। शिवसताक्षी नगरपालिका १ धरमपुरमा माघ ४ गतेदेखि लिम्बू/याक्थुङ भाषा सिकाईको अनौपचारिक प्रशिक्षण कार्यक्रम शुभारम्भ भएको छ ।
किरात याक्थुङ चुम्लुङको संयोजकत्व एवम् शिवसताक्षी नगरपालिका वडा न. १ को आर्थिक सहयोगमा सञ्चालित २० दिने लिम्बू/याक्थुङ भाषा सिकाईको शुभारम्भ बुधवार एक कार्यक्रमकाबिच किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले गरेका हुन् । कार्यक्रममा महिला पुरुष गरि ३० जना सहभागी हुनेछन। शिवसताक्षी नगरपालिका वडा न. १ का वडा अध्यक्ष लक्ष्मी चेम्जोङ, समाजसेवी चन्द्रवीर नेम्वाङ, साविक धरमपुर गा.वि.स. का कियाचु पूर्व अध्यक्ष दिल सेरेङ्, समाजसेवी एम.के. चेम्जोङ, भाषा प्रशिक्षक दिपेन्द्र सेत्लिङ् लगायतकाले लिम्बू/याक्थुङ भाषाको महत्व दर्शाउँदै प्रशिक्षण कार्यक्रमको सफलताको शुभ-कामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार