पथरी । मेइतु पेन्टसले आफ्नो ग्राहक र पेन्टसहरुलाई सोमबार सम्मान गरेको छ । शान्ति सिमसार पथरी शनिश्चरेमा बनभोज र पेटस सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । यसरी पुरस्कृत हुनेमा ग्राहकको तर्फबाट लाफा वचत तथा सहकारी सस्था लि. र पेन्टरको तर्फबाट हिमाल लिम्बू रहेका छन । पेन्टर लिम्बुलाई ३२ इन्चको टिभी र ग्राहक लाफा सहकारीलाई फ्रीज वितरण गरिएको थियो । लक्की ड्रमार्फत छनोट गरिएको पुरस्कारहरु मेइतु पेन्टसका संचालक ऋषि चम्लगाईलगायतले वितरण गरेका थिए । ३२ पेन्टरहरुलाई ट्राक सुट प्रदान गरेको थियो । कार्यक्रममा हाडी फोर र म्युजिकल चेयर स्पर्धा गरेको थियो । हाडी फोरमा हिमाल लिम्बु र म्युजिकल चेयरमा अरुणा राई प्रथम भए।



168 पटक हेरिएको 








