विराटनगर । हिसान स्पोट्र्स मिटको ११ औं संस्करणको क्रिकेटमा कोशी कलेज र अरनिको कलेज विजय भएका छन् ।
विहिबार वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा कोशी क्याम्पसले नेशनल एकाडेमीलाई ९३ रनले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ३ विकेट १ सय ६५ रनको योगफल तयार पारेको थियो । जस्मा बसन्त यादवले ४६ रन,अमित राँयले अविजित ४३ रनको योगदान दिए । नेशनलका निरज मण्डलले २ विकेट लिए । जवाफमा १ सय ६६ रनको लक्ष्य पछ्याएको नेशनलले १३ दशमलव ५ बलमा सवै विकेट गुमाई ७२ रनमा बनायो । जस्मा नाजिम अन्सारीले सर्वाधिक १५ रनको योगदान दिए । कोशीका म्यान अफ द म्याच विकाश दासले ४ विकेट लिए ।
दोस्रो खेलमा अरनिको कलेजले शिक्षादिप कलेजलाई ७ विकेटले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई ८२ रनको समान्य योगफल खडा गरेको थियो । जस्मा मिलेश देवले २१ रन र भोगेन्द्र यादवले १४ रनको योगदान दिए । अरनिकोका सुम्रिम बस्नेतले ३ विकेट लिँदा सागर मोची र राहुल नायकले २–२ विकेट लिए । जवाफमा ८२ रनको सामान्य योगफल पछ्याएको अरनिकोले १७ ओभरमा ३ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जस्मा सागर मोचीले ३६ रनमा विजित रहँदा अंकित मण्डल ३५ रनमा आउट भए । शिक्षादीपका प्रतिक पोखरेल र सुजल बस्नेतले १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच अरनिकोका अलराउण्डर खेलाडी सागर मोची घोषित भए ।


155 पटक हेरिएको 









