याक्थुङ युवा अधिवेशनको तयारीमा

शिवसताक्षी (झापा) । याक्थुङ युवा मञ्च झापाको दोस्रो अधिवेशन माघ १४ गते शनिवार शिवसताक्षी ८ मा हुने भएको छ । पहिचान र अस्तित्व वचाऔं, सम्पूर्ण याक्थुङ युवाहरु एक हौं भन्ने नाराको साथ हुने अधिवेशनमा जिल्लाको विभिन्न पालिकाहरुबाट प्रतिनिधिहरुले सहभागिता जनाउनेछन् । मञ्चकी केन्द्रीय अध्यक्ष प्रज्ञा इजमको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न हुने वताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार