काठमाडौं । चालु शैक्षिक सत्रको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ भने रीक्षा चैत्रको २९ गते सकिनेछ ।
माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।


110 पटक हेरिएको 









