धनकुटा । माघ ६ गतेदेखि जारी धनकुटा महोत्सवमा आज दर्जनभन्दा बढी घाइते भएका छन । अत्याधिक भीड बढेपछि च्यापिएर भएको घटनामा परि केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।महोत्सवमा आज राती गायक प्रमोद खरेललगायतको कन्सर्ट रहेकोे थियो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले मेलामा अत्याधिक भीड भएपछि घटना भएको जानकारी दिए । घाइतेहरुको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको धनकुटा अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ। घाइतेहरूको विवरण र क्षतिबारे सबै जानकारी प्राप्त नभएको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए। शनिबारका सबै कार्यक्रम स्थगन भएको आयोजक धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ। महोत्सव माघ १६ गतेसम्म संचालन गर्ने तयारी थियो ।


161 पटक हेरिएको 












