याक्थुङ युवा झापाको अध्यक्षमा लिङ्लेखु निर्वाचित

शिवसताक्षी(झापा)। याक्थुङ युवा मञ्च झापाको दोस्रो जिल्ला अधिवेशन शनिबार शिवसताक्षीमा सम्पन्न भएको छ ।
मञ्चकी केन्द्रिय अध्यक्ष प्रज्ञा इजम कङलिबाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट अध्यक्षमा प्रताप निङलेखु निर्वाचित भएका छन् । निङ्लेखु निवर्तमान जिल्ला सचिब हुन । समितिको उपाध्यक्षद्वयमा क्रमशः विक्रम लेवा, सुष्मा सेर्मा, सचिवमा सुरज सङबाङफे, सहसचिवमा विक्रम लाओती र कोषाध्यक्षमा सालु सेर्मा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः चिजा येक्तेन, सुवास मेन्याङ्वो र दिपेन थेबे रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार