विराटनगर । साविक विजेता कोशी क्याम्पसलाई फराकिलो रन अन्तरले पराजित भएको छ । उसलाई कान्तिपुर कलेजले हराउँदै हिसान क्रिकेटको च्याम्पियन बनेको छ ।
आइतबार कान्तिपुरले वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता कोशी क्याम्पसलाई ९८ रनको फराकिलो अन्तरले पराजित गदै हिसान क्रिकेटको च्याम्पियन बनेको हो । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको फाइनलमा टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३७ रनको विशाल योगफल तयार पारेको थियो । कान्तिपुरका जितमा निशान्त यादवले ४० रन, भोला सेठले २७ रन, कृष्ण गुम्ताले २५ रन र नवराज संग्रोलले १५ रनको योगदान दिएका थिए । कोशीका सुमन पासवान र अमित राँयले १–१ विकेट लिए । जवाफमा १ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको कोशीले कान्तिपुरको बलरसामु घुँडा टेक्दै १३ ओभरमा सवै विकेट गुमाई ३९ रनमा सीमित भयो । कोशीका सुमन पासवानले १० रन बाहेक अरु ब्याटरले कान्तिपुरका बलरसामु टिकेर खेल्न सकेनन् । म्यान अफ द फाइनल कान्तिपुरमा राज वर्माले ४ ओभरमा ९ रन दिएर ७ विकेट लिँदा अफुदिन रेनले २ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी कान्तिपुरका राज वर्मा घाषित हुँदा कान्तिपुरकै अविशेक मण्डल उत्कृष्ट बलर भए । त्यस्तै कोशीका अमित राँय उत्कृष्ट ब्याटर घोषित भए ।


134 पटक हेरिएको 









