विराटनगर । शहिद मैदान विराटनगरमा हिसान स्पोर्टस् मिटको ११ औं संस्करण अन्तर्गत आइतबार भएको फुटबलमा कोशी क्याम्पस विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनल खेलमा विराटनगरको कोशी क्याम्पसले पथरीको रेड टार कलेजलाई १–० को गोल अन्तरले पराजित गदै फाइनलमा प्रवेश गरेको छ । खेलको एक मात्र निर्णायक गोल कोशीका किशोर चाम्लिङले गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए
फाइनल खेल सोमबार विराटनगरको शहिद मैदानमा दिवारात्रीमा हुने खेल संयोजक दिपेश बास्तोलाले बताए ।


145 पटक हेरिएको 









