काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन् ।
आदिबासी जनजाति आयोगले काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्र दाहालले उक्त कुरा बताएका हुन् । शनिबार भएको कार्यक्रममा प्रधानमन्त्रीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेको बताउँदै छलफलपछि आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेको स्मरण गरे ।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलूक हो । सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिन्छ” प्रधानमन्त्री दाहालले भने, “राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व भएको छ । यद्यपि, यो पूणर् छैन । तर, यो निकै महत्वपूणर् कुरा हो । यसलाई अझै समावेशी र पूणर् समानुपातिक बनाउने छलफल चलि नै रहेको छ । त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ ।” उनले सिंगो देश नै आदिवासी आन्दोदन र मुद्दाको वरिपरि रहेको दाबी गरे । “सिंगो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ । हाम्रो आन्दोलनको विजय भएको छ” प्रधानमन्त्री दाहालले भनेका छन्, “तर, एउटा प्रश्न त आउँछ नै । एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग गर्यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ ? हाम्रो आन्दोलनबिना यी मुद्दा सम्वोधन हुन सम्भव थिएन । तर, यसको उचित सम्मान गर्न, नेतृत्व स्थापित गर्न हामी चुकेका छौँ । त्यसलाई सम्मान गर्न सकिएन भने प्राप्त उपलब्धि पनि खोसिने खतरा रहन्छ ।”


109 पटक हेरिएको 








