पथरी । प्रदेश नम्बर १ को वडा कार्यालय पथरी शनिश्चरे नगरपालिका वडा नम्बर २ ले साइकल उपहार कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रम अन्तर्गत वडाका ५ जना छात्राहरुलाई वडा कार्यालयले साइकल वितरण गर्ने भएको छ । यसरी प्राप्त गर्नेहरुमा ग्रिस्मा रेग्मी (देबिगंज), डोस्मा गुरुङ (छयालिस बिघे), सबिना सावा लिम्ब ु(नमुना टोल), जिना गहतराज (कालापानी) र सम्झना बिश्वकर्मा (बोक्रे चोक) रहेका छन् । छात्रालाई साइकल उपहार कार्यक्रम २०७९ अन्तर्गत बिद्यालय सहज, सुरक्षित तवरले जानका लागि न्यून आर्थिक अवस्था भएका घरपरिवारका बिद्यार्थीहरुलाई घरमा गई जाचबुझ गरि साईकल बितरण गर्ने निणर्य गरेको वडा अध्यक्ष नैना राईले बताए ।


124 पटक हेरिएको 












